Thursday, September 10, 2009

Nepali jokes

पति ज्योतिसकहाँ हात देखाउन गए ।

ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।

पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।

***************************

किराहरु र जनावरहरुको फूटबल म्याच

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"


*****************

दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

************

गधा

हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

************